आज थप २ हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८२ दशमलव ७ प्रतिशत रहेको छ ।
आज देशभरमा ३५ हजार १ सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित अर्थात् निको हुन बाँकी रहेका संक्रमित रहेका छन् ।
आज २८ हजार ४ सय ४९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा र बाँकी ६ हजार ६ सय ७६ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् ।
कोरोना संक्रमित मध्ये गम्भीर लक्षण भएका ३ सय ५४ जनाको आइ.सी.यू र ६४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४ सय ७६ जनामा पिसिआर परिक्षण गर्दा ५ सय ६५ महिला र ९ सय १२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौमा ६ सय ३२, ललितपुरमा एक सय ३३ र भक्तपुरमा ४२ गरी काठमाडौ उपत्यकामा मात्रै जम्मा ८ सय ७ जना संक्रमित थपिएका छन् ।
यस्तै आज प्रदेश १ मा एक सय २८, प्रदेश २ मा १८, बाग्मती प्रदेशमा ९ सय १७, गण्डकी प्रदेशमा ६४, लुम्विनी प्रदेशमा २ सय ८२ , कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ५६ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
यो सैगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या एक हजार २ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।