कवि रामप्रसाद ज्ञवाली
“क्रान्तिकारीहरूलाई छेक्नू, थुन्नू,
दबाउनू बिल्ला आतङ्कको टाँस्नू,
सकेको यातना दिनू नकरा बहुदल् नाथे !
तँ बोलेको बढी भयो !”
– प्रतिबन्ध लगाएर निरोज्यू सुकला भयो !
“मेरो विरुद्धमा लड्ने घाइते भै मरून् सबै !र
क्तदान नहोस् काहीँ उपचार नहोस् कतै !
चुप्प लाग् पोखरा साले ! तेरो हल्ला बढी भयो !”
– तरुनी काख च्यापेर निरोज्यू सुकला भयो !
“तँ पाजी जनता को होस् ? ठोक्छु गोली अझै ल खा !
मेरो विरुद्धमा बोल्छस् ? मर्छस् नाथे तँ !
बल्ल खा !नचिच्या चितवन् भाते ! तेरो फुर्ती बढी भयो !”
– सिङ्गै बँदेल खाएर निरोज्यू सुकला भयो !
“मै हुँ राज्य तथा न्याय न्यायाधीश सबै म हुँ !
धर्मशास्त्र प्रजातन्त्र संविधान सबै म हुँ !
नकरा ! चुप्प लाग् खाते ! आज्ञा सम्राटको छ यो !”
– राज्यको कोष भ्याएर निरोज्यू सुकला भयो !
तरुनी, मदिरा, मासु निरोज्यूले सबै गरे
भोक, रोग र गोलीले धेरै मरे थला परे
निरोको सुकलायात्रा प्रजालाई असह्य भो
– सुताएछन् सदानिम्ति निरोज्यू सुकला भयो !