हरिहरपुर विर्ता गोल्डकपको उपाधी रतनपुर युनाइटेडलाई

४ कात्तिक, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा सञ्चालित प्रथम हरिहरपुर विर्ता गोल्डकप २०७६ को उपाधी बाराको रतनपुर युनाइटेड क्लबले जितेको छ ।

महोत्तरीको एफसी बेंखाडी युवा क्लबलाई ३–१ ले पराजित गर्दै रतनपुरले १ लाख रुपैयाँ पुरस्कार जितेको हो

उपविजेता टिमले ५० हजार रुपैयाँ पाएको छ । म्यान अफ दि सिरिज हुन सफल रतनपुरकै लक्ष्मण चौधरीले ३२ इन्चको एलईडी टिभी पुरस्कार पाएका छन् ।

पर्साको कालिकामाई गाउँपालिका र बजरंग युवा क्लबले कालिकामाई गाउँपालिका ३ मा आयोजना गरेको प्रथम हरिहरपुरविर्ता गोल्डकप प्रतियोगिताको आयोजित नेपाल र भारतका ८ टिम सहभागी थिए ।

रासस


ताजा खबर