थप १ हजार ३ सय ८० जनामा कोरोना पुष्टि

 आज देशभर कोरोना भाईरसबाट थप १ हजार ३ सय ८० जना संक्रमित भएका छन् ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा ९ हजार ३ सय ६८ ओटा रियल टाईम पीसिआर परिक्षण गर्दा ८ सय ३४ पूरुष, ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौमा ४ सय ८५, ललितपुरमा १ सय २४ र भक्तपुरमा ३६ गरी काठमाडौ उपत्यकामा ६ सय ४५ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर १८ हजार ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२ हजार ५ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५ हजार ५ सय ३७ जना विभिन्न संख्थागत आईसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका ३ सय २५ जना आई.सी.यू र ५० जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाईरसको संक्रमणबाट आज ५ सय १५ जना निको भएका छन् । यो सगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

तथ्याङ्क अनुसार हालसम्म संक्रमणबाट निको हुनेको दर ९१ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणका कारण आज थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर