काठमाडौंका ४९६ सहित थप १०५६ मा कोरोना पुष्टि

नेपालमा आज थप १०५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६२८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६५१ रहेको छ ।

काठमाडौं उपत्यकामा ४९६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना छन् ।

प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले काठमाडौँका विशेष स्थानहरूमा भइरहेको एन्टीजीन परीक्षणमा परीक्षण नेगेटिभ आए पनि लक्षण देखिएका व्यक्तिहरूको पुनः पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा गौतमले एन्टिजीन परीक्षणपछि नेगेटिभ आएका तर लक्षण नभएकाहरूको भने पुनः पीसीआर परीक्षण गर्न नपर्ने बताउनु भयो ।

यस्तै, एन्टिजीन परीक्षण प्रभावकारी देखिएको जानकारी गराउनुहुँदै प्रा. डा गौतमले एन्टिजीन परीक्षणलाई प्रमाणीकरणको लागि सँगसँगै गरिएको पीसीआर परीक्षणको रिपोट समेत छिटै प्रकाशित गर्ने जानकारी दिनुभयो ।


ताजा खबर