सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो ।
अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।