प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको छ । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्ष वार्तामा जुट्नुभएको हो ।
प्रधानमन्त्री ओली र दाहालबीच केहीसमय अघि एक्लाएक्लै छलफल भएको हो । छलफल सकिएसँगै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली बाहिरीनुभएको छ भने खुमलटारमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पुग्नुभएको छ ।
नेकपाभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।