काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने गरि नयाँ मिति तोकिएको छ।
बुधबार बसेको प्रतियोगिता समितिको बैठकले उक्त मिति एल क्लासिकोका लागि तय गरेको जनाइएको छ ।
रियल र बार्सिलोनाबीचको खेल नोउ क्याम्पामा हुने तय भएको छ । तर, खेलको समय भने तय भइसकेको छैन ।
स्पेनमा भएका राजनीतिक घटनाक्रमका कारण यसअघि अक्टोबर २६ मा हुने भनिएको दुई टोलीबीचको खेल रद्द भएको थियो । ला लिगामा यी दुई टोलीको दबदबा निकै धेरै छ ।