~ ज्वाला सुवेदी
साँझ पर्नुअघि नै
बाेकेर उज्यालो बत्ती
उभिएकी छु
फ्लाेरेन्स नाइटिङ्गेल झैँ
उज्यालाे हृदयले
उज्यालैकाे खाेजीमा निस्किएकी म
कहाँसम्म छ सीमा यसकाे ?
नापेर पैतालाले पढ्नुछ ।
कहिले
रुझेर मातृत्वले
उमार्नु छ बिरुवा खुशीकाे
कहिले भिजेर स्नेहले
स्याहार्नु छ बाेट मुस्कानकाे
मेरै स्पर्शले फूल्छन् अनुहारमा
प्रसन्न भै असङ्ख्य फूलहरू
मेरै मुस्कानले
रसाउँछन् सुखका मूलहरू
पाेशाक मेराे इमान हाे
सेवा नै मेराे कर्म हाे
स्वार्थरहित बन्नु छ
सेवा नै मेराे धर्म हाे ।
कहिले
पसिनाले सिँचेर खुशीहरू
बाँडनु छ – दाैडेर युद्धजस्तै
कहिले दायित्वले छाेपेर रहरहरू
सहनु छ- बनेर बुद्धजस्तै !
उपकार हाे पूजा मेराे
जिम्मेवारी आराधना
ईश्वर नै देख्छु वरिपरि
कर्म कै गर्छु बन्दना !
कतिकाे जीवनमाथि
खस्न आँटेकाे पहिराे राेक्नुछ मैले
कतिकाे जमिनमा
काम्नै लागेकाे भूकम्प थाम्नु छ मैले
त्यसैले,
अलिकति न्यानाे
घरमै छाेडेर निस्कनु छ
निल्दानिल्दैकाे गाँस
घाँटीमै राखेर दाैडनु छ
म जुन
उज्यालाे खाेज्दै छु
त्याे शान्तिकाे दियालाे हाे
म जुन
खुशी बाँड्दै छु
त्याे शान्तिकाे उज्यालाे हाे
साँझ पर्नुअघि नै
बाेकेर उज्यालो बत्ती
उभिएकी छु
फ्लाेरेन्स नाइटिङ्गेलझैँ ।
सुवेदी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ ।