संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएकाे छ ।
महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले तेस्राेपटक म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँचदिनको म्याद थपेको थियो ।
२८ असोजमा पहिलोपटक अदालतले महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । महरा १९ असोजमा पक्राउ परेका थिए ।