बिगतका बर्षहरुको तुलनामा यस वर्ष हिउँदमा आरोहण ह्वात्तै बढ्ने भएको छ। पर्यटन विभागको तथ्याङक अनुसार दुई महिनामा ४५ वटा हिमाल आरोहणका लागि एक हजार ६७ आरोहीले अनुमति लिइसकेका छन्।
यस वर्ष ८ हजार र त्यसभन्दा साना उचाइका हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेको विभागको तथ्याङक छ। आरोहण मौसमलाई विन्टर र समरमात्र भन्दै आरोहण गराउने गरिए पनि यस वर्षदेखि बा¥है महिना आरोहण गराउन प्रचारप्रसार गरेपछि आरोहीको संख्या बढेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
यो हिउँदमा सबैभन्दा धेरै मनास्लुका लागि दुई सय ६४ र आमादव्लमका लागि दुई सय ५४ जनाले आरोहण अनुमति लिएका छन्। यसै महिना आरोहण गर्ने भन्दै ४ आरोहीले अपि हिमालका लागि अनुमति लिएका छन्। आरोहण गरिनेमध्ये अधिकांस नयाँ हिमाल छन्। हिमालबाट यसै महिनामात्र ६ करोड १७ लाख ३६ हजार रुपैयाँ राजस्वसमेत संकलन भएको छ।