विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल ६ स्थान तल झरेर १ सय ६७औं स्थानमा पुगेको छ।
यसअघि १ सय ६१औं स्थानमा रहेको नेपाल एसियामा भने ३४औं स्थानमा यथावत छ। नेपालको हालसम्मको उत्कृष्ट बरियता सन् १९९४ मा १ सय २४ रहेको छ भने इतिहासकै खराब २०१६ मा १ सय ७९औं स्थानमा रहँदो छ।
एसियाको उत्कृष्ट टोली इरान २३औं स्थानमा छ भने भारत एक स्थान तल झरेर १ सय ४औं स्थानमा छ।
विश्व बरियताकै शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा विश्वकप विजेता फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा इङ्ल्यान्ड रहेका छन्।
पाँचौँ स्थानमा पोर्चुगल, छैठौं उरुग्वे, सातौं स्पेन, आठौं क्रोएसिया र नवौं स्थानमा कोलम्बिया रहँदा अर्जेन्टिना १०औं स्थानमा छ।