युनाइटेड फाइनान्स लिमिटेड र एस्वी सोलुसन्स् प्रालीबीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता सम्पन्न भएको छ।
युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एसवी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
उक्त सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ। युनाइटेड फाइनान्सले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइलमार्फत् लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन्।
युनाइटेड फाइनान्सले २०५१ सालमा नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको ‘ग’ वर्गकोे लाइसेन्स प्राप्त गरेको छ। यसले नेपालमा आफूलाई बलियो र भरपर्दो फाइनान्स कम्पनीको रूपमा स्थापित गर्न सफल भएको छ। युनाइटेड फाइनान्सले देशका विभिन्न भागमा रहेका १५ शाखा मार्फत् ५० हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
एस्वी सोलुसन्स ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ। सन् २०१६ मा सञ्चालनमा आएको कम्पनीले आफ्नो स्थापनाकालदेखि डिजिटाइजेसन र अटोमेसन प्रोडक्टस् र प्रोसेस का विभिन्न क्षेत्रहरुमा काम गर्दै आईरहेको छ। हाल यस कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका १० भन्दा बढी बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउसहरुलाई सेवा दिँदै आएको छ।