प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठकले तोकिएको समयमा नै संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद अधिवेशन बोलाउने निर्णय गरेको प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।