प्रधानमन्त्री कप महिला भलिबल एपीएफले जित्याे

एपीएफ क्लबले अपराजित रहदै प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधी जितेको छ । लिगको अन्तिम खेलमा चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लबलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

नेपालगंज रंगशालाको कभर्डहलमा भएको लिगको अन्तिम खेल फाइनल सरह बनेको थियो । तीनै सेटमा सुरुवातमा अग्रता लिएपनि पुलिसले जोगाउन नसक्दा एपीएपले उत्कृष्ट पुनरागमन गर्यो । जसमा पहिलो सेट एपीएफले २५-२२ ले जित्यो ।

आठ पाँच अंकको अग्रता सहित राम्रो सुरुवात गरेको पुलिसले अन्त्यतिर लय गुमाउादा एपीएफ खेलमा फर्किएको थियो । दोस्रो सेटमा पनि पुलिसले उही गल्ति दोहोर्यायो । यो सेटमा एपीएफले पुलिसलाई २५-२१ ले पराजित गर्यो । एपीएफले २०-२१ ले पछि रहेको स्थितीबाट लगातार ६ अंक जोडेको थियो । तेस्रो सेट एपीएफले २५-१९ ले जित्दै उपाधी उचाल्यो ।

यो संगै एपीएफले पुलिससँग पछिल्ला तीन हारको बदला पनि लिएको छ । गत सस्करणको प्रधानमन्त्री कपमा एपीएफ पुलिससंगै पराजित भएपछि उपविजेतामा सिमित भएको थियो । गत महिना पोखरामा भएको राष्टिय भलिवल च्याम्पियनसिपमा पनि एपीएफ लिग चरण र फाइनलमा पुलिस संगनै हारेको थियो । पुलिसले भने लगातार तीन उपाधी जित्ने अवसर गुमायो ।

च्याम्पियन एपीएफले पांच लाख र पुलिसले दुई लाख पुरस्कार प्राप्त गरे । लिगमा न्यु डाइमन्ड एकेडेमी तेस्रो,त्रिभुवन आर्मी क्लब चौथो । लुम्बिनी युनाइटेड पाँचौ स्थानमा रह्यो । आजै भएको लिगको आफ्नो अन्तिम खेलमा न्यु डाइमन्गडले लुम्बिनीलाई तीन शुन्यको सोझो सेटमा हराएको थियो । लुम्बिनीले अंकको खाता खोल्न सकेन् ।


ताजा खबर