नेपालमा आयोजना हुने १३ औं सागको तयारीका लागि नेपालले म्यानमारसँग खेलेको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ ।
म्यानमार अण्डर २३ विरुद्ध दुई पटक अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको छ ।
हिजो राति कतारको राजधानी दोहामा भएको खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत अग्रता पाएको नेपालले पहिलो हाफको नियमित समय सकिन ५ मिनेट बाँकी रहेका बेला बेहोर्नु पर्यो ।
दोस्रो मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई हेडरमार्फत दोस्रो मिनेटमै अनन्तले गोल गरेका थिए ।
खेलको ४०औँ मिनेटमा म्यानमारले खेलमा बराबरी गर्न सफल भयो । यसका लागि लुई मोइले गोल गरे । तर खेलको ६० औ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपालले फेरि अग्रता बनाएको थियो । तर, लगत्तै म्यानमारले गोल फर्काएपछि खेल २–२ को बराबरी भयो ।
खेलको ८६ औँ मिनेटमा म्यानमारले प्रहार गरेको कडा प्रहारलाई नेपाली गोलरक्षक असिमजंग कार्कीले बचाउन सफल भए ।