बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई मुटुको समस्या : ग्राण्डी हस्पिटलमा गरियो एन्जियोप्लाष्टी : तीन दिनपछि आज घर फर्कीए

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा सफल उपचार पछि आज घर फर्किएका छन् ।

उनको मुटुको धमनीको व्लकेजलाई एन्जियोप्लाष्टी प्रविधिबाट बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. ओम मूर्ति अनिल नेतृत्वको टोलीले  सफलतापूर्वक खोलेको छ ।

मुटुमा अचानक समस्या आएपछि  बिहिवार अस्पतालमा भर्ना भएका श्रेष्ठ, धमनीको ब्लकेजको एन्जियोप्लाष्टी प्रविधिको सफल उपचारपछि आजै घर फर्किएका हुन् ।  दुईदिन अघि छाती दुखेर अस्पताल भर्ना हुनु भएका उहाँ आराम गरी आज घर फफर्कनुभएको अस्पतालले जनाएको छ ।

रासस

 


ताजा खबर