‘ गन्तब्य ‘

  • ज्वाला ढकाल

कैयौं झुटहरुमा अनविज्ञ

कांचो मष्तिष्क

तैपनि एक थान प्रेमको साहारा लिदै

सबेरै देखि छरपस्ट छरिएका

धुवासंगै आकाशमा उड्दै गरेका

सपनाहरु समेट्न

केहि अदृश्य गोरेटोहरु कोर्दै

कहि बतासको लहर त

कहि नदिको वेगसंगै

मानसपटलमा केहि

मनमोहक दृष्यहरु कैद गरि

भ्रम र यथार्थ बिचको महायुध्दमा हराउदै

नफक्रदै झरेका पुष्पहरुझै

खस्दै फेरि

ब्युझिदै गरेको लज्जावति झै

उठ्दै

भरे गोधुलिमा पर छितिज पारि

पुगेको

डुब्दै गरेको घामसंगै

तिनै प्रचारित सन्तुष्टिहरुलाइ

बटुलि आंधिको बेगझै उडेको चित्तलाई

विश्रामस्थलमा पुर्याउन

एकमुट्ठि श्वासको साहारामा

जहा बाट हिडे

त्यहि

गन्तब्य सम्म डोर्याउने

सांघुको दिशा खोज्दै छु ।


ताजा खबर