चीन, भारत र पाकिस्तानी नागरिकलाई नेपाली माउन्टेन गाइडले पर्वतारोहण तालिम दिने भएका छन् । ती देशमा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त माउन्टेन गाइड नभएका कारण नेपाली माउन्टेन गाइडहरुले पर्वतारोहण सम्बन्धि तालिम दिने भएको हो ।
नेपाल सन् २०१२ देखि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघको सदस्य राष्ट्र भए पछि अन्तराष्ट्रियस्तरको माउन्टेन गाइड उत्पादन गर्दे आएको छ । एसियामा जापान, किर्गिस्तान र नेपालमात्र अन्तर्राष्ट्रिय महासंघको सदस्य हो भने दक्षिण एसियामा नेपालमा सदस्य राष्ट्र हो । त्यसैले चीन, भारत र पाकिस्तानमा आधिकारिक माउन्टेन गाइड उत्पादन गर्न नेपाललाई तालिम दिन सिफारिस गरेको अध्यक्ष आङनुर्वु शेर्पाले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघ विश्वभरबाट गठन भएको अन्तराष्ट्रिय महासंघको आधिकारिक सदस्य राष्ट्र भएको संघका अध्यक्षआङनुर्वु शेर्पाले बताउनुभयो । यो संघमा विश्वभर हिमाल भएका २६ वटा राष्ट्र सदस्य रहेका छन् । महासंघले तोकेको पाठक्रमण पूरा गरे पश्चातमात्र आधिकारीक माउन्टेन गाइडको तक्मा पाउने गर्छन यो तक्मालाई विश्वभर मान्यतादिने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । हाल नेपालमा ७२ जनामात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउन्टेन गाइड रहेका छन् ।
नेपाल हिमालै हिमालको हवभएका कारण अन्तर्राष्ट्रिय संघले स्कीको पाठ्यक्रमविनापनि सदस्य राष्ट्र बनाएको उहाँले बताउनुभयो । हाल नेपालका माउन्टेन गाइड बन्न स्वीट्जरल्याण्डमा गएर स्कीकोर्ष गर्नु पर्ने बाध्यता छ । माउन्टेन गाइडलाई विश्वभर भ्रमण भिषादेखि पर्वतारोहणमा प्रयोग हुने इन्टर नेशनल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) प्रमाणित गरेका कपडा र आरोहण सामाग्रीहरुमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि आठ हजारभन्दाअग्ला २० मध्ये नेपालमामात्र १४ हिमाल छन् । तीनहजार बढी हिमाल नेपालमा रहेको नेपालपर्वतारोहण संघका अध्यक्षशन्तविर लामाको बताउनुहुन्छ । यता सरकारले भने चार सय १४ वटा हिमालमात्र पहिचान गरी आरोहणका लागि खुल्ला गरेको छ, यि मध्ये ७५ वटा हिमालअझै पनि आरोहण हुन सकेको छैन ।
हिमालआरोहण र अवलोकनकालागि ९० वढी देशबाट नेपालमा पर्यटकहरु आउने गरेका छन् पर्यटन विभागको तथ्याङक छ । पर्यटन विभागले केहीदिनयता माउन्टेन गाइड लाइसेन्स वितरण गरेको छ तर नेपालमा यसको मान्यता हुने भएपनि विश्वक अन्य देशका हिमालमा भने यसको मान्यतानहुने इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए)ले जनाएको छ ।