गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय शैक्षिक संस्थाहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको हुनाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले शैक्षिक संस्थाहरूले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता नअपनाउँदा पछिल्लो समयमा विद्यार्थी तथा शिक्षकहरूमा सङ्क्रमणको दर उच्च रहेको बताउनुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले शिक्षण संस्थामा मास्कको प्रयोग लगायत स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गराउन आग्रह गर्नुभयो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले अहिले भारतमा फैलिरहेको कोरोना भाइरसको फैलने दर उच्च रहेको हुनाले भारत बाट नेपाल आउने व्यक्तिहरूको उचित व्यवस्थापन गर्न र सीमा क्षेत्रमा विशेष स्वास्थ्य सजगता अपनाउन समेत आग्रह गर्नुभयो ।
यसैबीच नेपालमा आज थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज २ हजार १ सय १ वटा नमुनाको परीक्षण गर्दा थप ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज काठमाडौँमा ५२ जना, ललितपुरमा ७ जना र भक्तपुरमा ६ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको छ ।
यस्तै आज थप ९५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको र देश भरमा गरी १ हजार २ सय ८२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।
विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।