काठमाडौं, कात्तिक ९ । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि जितेका छन् । एपीवान टेलिभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशीको र्यालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्स्युरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन् ।
प्रतियोगितामा स्याङजाका चेतन गोतामेले दोस्रो २५ लाख नगद र १५ लाखको जीवन बिमा प्राप्त गरे । उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे । रामेछापका रामकुमार नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्ड र दुई लाख नगद पाए ।