- ज्वाला ढकाल
तिमी खुशी र उमङ्ग को बहार बनेर आएको भए हुने।
तिम्रो बसन्तको बहारमा आज डरलाग्दो भाईरस लागेछ।
आधा अधुरा सपना हरु पुरा गर्ने माध्यम बनेर आएको भए हुने ।
तर आज आशाका पालुवा र विश्वासका कोपिलाहरु नफक्रदै झर्नलागेका छन् ।
सुख समृद्धि र आरोग्यताको शुभकामना बोकेर आएको भए हुने।तर झनै सहाराविहिन भएका छन् ।
तर मानव हृदय रोग भोक र शोकले विछिप्त भएको छ ।
दीन दुखि बेसहारा को सहारा बनेर आएको भए हुने।
तर झनै सहाराविहिन भएका छन् ।
गरिबि र बेरोजगारी को संघारमा रोजगार र समृद्धि बनेर आएको भए हुने।
तर समृद्धि को जगनै हरायको जस्तो छ।
दृष्टिबिहिन र आवाज बिहिन का लागि दृष्टि र आवाज बनेर आयको भए हुने।
तर तिमी त शुन्यता लिएर आएछौ।।