नवनियुक्त गृहमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

नवनियुक्त मन्त्री थापाले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

नवनियुक्त मन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबारनै गृह मन्त्रालयको जिम्मेवारीमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि उहाँ राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । संविधानको व्यवस्थाअनुसार उहाँलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गर्नुभएकाे हाे ।


ताजा खबर