आज देशभर २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज देशभर ८ हजार ६ सय ६८ नमुनाको परिक्षण गर्दा पिसीआर परीक्षणबाट २ हजार ४ सय ८६ र एन्टीजेन परीक्षणबाट १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ६ सय ४४, बाँकेमा ३ सय ५२, रुपन्देहीमा २ सय ६८, दाङमा १ सय ७२, ललितपुरमा १ सय ४१, चितवनमा १ सय २३, भक्तपुरमा ८७ र कैलालीमा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।तथ्याङ्क अनुसार आज १९ वर्ष भन्दा कम उमेरका २ सय ४० जना र ७० वर्ष भन्दा बढी उमेरका १ सय १४ जना संक्रमित भएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।कोरोना सङ्क्रमणका कारण आज थप १४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ३६ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज ३ सय ६८ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।