काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।
आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/१६ गते बिहान ६:०० बजे देखी मिति २०७८/०१/२२ गते राती १२:०० बजेसम्म काठमाडौँ जिल्लाभर लागू हुने जारी आदेशमा भनिएको छ ।
यदि आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ ।
के के गर्न पाइन्छ के के गर्न पाइँदैन ? विज्ञप्ति: