मङ्गलवार सेयर बजारमा उच्च वृद्धि

साताको दुई दिन लगातार उच्च अङ्कले घटेको सेयर बजारमा मङ्गलवार भने उच्च दरको वृद्धि भएको छ ।

आइतबार र सोमबार गरी १४१ अङ्क भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलवार एकै दिन ९२ अङ्क भन्दा धेरैले सुधार भएको छ ।

नेप्से परिसूचक ९२ दशमलव ४६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अं कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ४८ अङ्कले बढेको छ ।

परिसूचकमा उत्साह देखिए पनि बजारको कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा बढ्न सकेन । सोमबार ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि आइतबार ७ अर्ब भन्दा माथिको कारोबार भएको थियो भने सोमबार पनि ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो । मङ्गलवार माथिल्लो तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ ।


ताजा खबर