प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु हुने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिनुभएको हो । त्यसका लागि प्रतिनिधि सभाको अधिवेशन वैशाख २७ गते बोलाउन सरकारले सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा १०० (१)मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय नलिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय लिनुभएको हो । –रासस


ताजा खबर