आज देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१६ हजार ६ सय ५८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टीजेन परिक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज कूल सङ्क्रमितको करिब ५० प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा मात्रै थपिएका छन् ।
आज काठमाडौँमा २ हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ गरी काठमाडौँ उपत्यकामा ३ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।आज रुपन्देहीमा ६ सय १९, बाँकेमा ४ सय ४०, कास्कीमा ३ सय ५५, मोरङमा ३ सय ६२, चितवनमा १ सय ७५, कैलालीमा १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।देशभर रहेका ५४ हजार ४१ सक्रिय संक्रमित मध्ये ५ सय ७८ जना आइसियु र १ सय ४२ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौँ उपत्यका सहित देशभरका १२ जिल्लामा ५ सय भन्दा बढी र २१ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित उपचारमा छन् ।आज कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ३ सय ६२ पुगेको छ ।आज २ हजार २१ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । हालसम्म सङ्क्रमणबाट निको हुने दर ८३ दशमलव ३ प्रतिशत रहेको छ ।