कोभिडविरुद्धको लडाइँमा सहयोग गर्ने चीनको प्रतिबद्धता

नेपालमा फैलिएको कोभिड- १९ महामारीविरूद्धको लडाइँमा चीनले सक्दो सहयोग गर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको र यथासक्य सहयोग पुर्‍याउन तत्पर रहेको उल्लेख गर्नु भयो ।

उहाँले नेपाललाई महामारीविरूद्ध आवश्यक सामग्रीको नयाँ खेप आपूर्ति गराउने बताउँदै ती सामग्रीहरू सङ्कलन गरी चाँडोभन्दा चाँडो नेपाल पठाउने पनि बताउनुभयो ।


ताजा खबर