देशभर ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२१ हजार ३ सय १६ नमूनाको परिक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा २ हजार ७ सय ८८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ५ सय ३७ सहित काठमाडौँ उपत्यकामा ३ हजार ९ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा ७ सय ९, बाँकेमा ५ सय ६, कास्कीमा ३ सय ७०, मोरङमा ३ सय ५०, दाङमा २ सय ६५, झापामा २ सय ६४ जना संक्रमित भएका छन् ।यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ ।
मृत्यु हुनेको थप सङ्ख्यासहित २ सय २५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । यो सँगै हालसम्म नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ८४ पुगेको छ ।हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ८४ जना आइसियु र २ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।हाल देशका ३० जिल्लामा ५ सय भन्दा बढी र १८ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित रहेका छन् ।
५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।