प्रधानमन्त्रीमा ओली पुनः नियुक्त : शपथ ग्रहण आज

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सपथ आज अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

ताेकिएकाे सकयमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि कसैले पनि दावी पेश नगरेपछि  राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।


ताजा खबर