इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा मेनचेष्टर सिटीले सानदार जीत निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरी च्याम्पियनको उपाधी उचालेको हो । घरेलु मैदानमा सिटीका तर्फबाट सर्जिओ अग्युरोले २ गोल गरेका थिए । सिटीको दबदबा रहेको खेलमा केभिन डि बुयान, ग्याब्रियल जिसस र फोर्डेनले १-१ गोल थपेका थिए ।
खेलको ३७औं मिनेटमा एभर्टनका गिल्फी सिगुडेसनले पेनाल्टीको अवसरलाई खेर फालेपछि एभर्टन खेलको लयमा फर्क नै सकेन । गिल्फीले प्रहार गरेको पेनाल्टी गोलरक्षक एडर्सनले सजिलैसँग बचाएका थिए । यो फराकिलो जीतसँगै सिटीले च्याम्पियन लिगको ट्रफि हात पारेको हो । सिटीले उपाधी जित्ने क्रममा यस सिजनमा जम्मा ३८ खेल खेलेको थियो, जसबाट ८६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।