उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि पुनः थप गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई अझ प्रभावकारी बनाउने उद्देश्यले किराना पसल तथा डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने तर तरकारी र फलफूल पसले भने बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाका बेला खाद्यान्न पसलहरू समेत बन्द रहने भएकाले आम उपभोक्तालाई एक हप्ताका लागि खाद्यान्न सञ्चित गर्न आग्रह गर्नुभयो ।हाल जारी निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिने हुँदा १४ गते शुक्रवारदेखि एक हप्ताका लागि थपिएको हो ।


ताजा खबर