महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले समेत महिला हिंसा अनत्यका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गाली बेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको बताउनुभयो । उहाँले परम्परागत रुपमा नै महिनामाथि हुने गरेको हिंसालाइ अन्त्य गर्न महिला स्वयमपनि सचिनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिला हिंसा अन्त्यका लागि महिलाहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला उद्यमी सम्मुनत पुरस्कार सात प्रदेशका सात महिलालाई दिने घोषणा गरिएको छ । एक लाख नगद सहितको पुरस्कार पाउनेमा प्रदेश १ देखि ७ सम्म क्रमश दिपा गुरुङ, सरितादेवी मण्डल, कल्पना लिम्बु, विष्णु कुमारी गुरुङ, चित्रकली बुढामगर, निर्मला आचार्य र लक्ष्मीदेवी विष्ट हुनुहुन्छ ।

एक अर्को कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दलको उच्च नेतृत्वमा रहेकाहरुले नै दलीय अनुशासन र संसदीय मर्यादा विपरीतका गतिविध गरेर अनुशासनहीनता र अराजकता फैलाउनु काम गरेको बताउनु भएको छ ।

उहाँले पार्टीको उच्च नेतृत्वमा रहेकाबाट पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता गतिविधि गरेर अनुशासन हिनता र अराजकता फैलाउने काम भएको बताउनुभयो ।

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, र संसदीय प्रणालीविरुद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । –रासस


ताजा खबर