शेयर बजारमा हालसम्मकै उच्च कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएर नेप्से परिसूचक र कारोबार रकम नयाँ उचाइमा पुगेको छ ।

आइतबार नेप्से परिसूचक १२.५४ अङ्कले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा पुगेको थियो ।

नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन २१९ कम्पनीहरूका १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयरहरू किनबेच भएका छन् ।

यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयरको किनबेच भई कारोबार रकममा रेकर्ड बनेको थियो ।नेप्सेले नयाँ उचाइ लिएसँगै १३ कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । –रासस


ताजा खबर