~शोभा पाण्डे सिलवाल
सङ्कटमा जनतालाई साथ् नदिने नेता जति
लेखाजोखा गर्नै पर्छ दिन हुन्न भोट कत्ति ।
निमोठेर स्वदेशका फाल्न खोजे तिनै अङ्ग
विवेकहीन बनी गरे दलहरूले संसद् भङ्ग।
मरे मरून् जनता जति भतुवालाई तातो भात
सत्ता लोलुप नेतालाई अब नदिऊँ धेरै साथ ।
राष्ट्रवादी विदेशीको पिछलग्गु बनी सके
भारतीय गुप्तचर ‘र’ को पाठ पढी सके ।
प्राणभन्दा प्यारो हुने कुर्ची चुम्बक जस्तो
जनताको जीवन हजुर बन्यो साह्रै सस्तो ।
संविधानको संरक्षण नभएको भन्दै नेता
सर्वोच्च र सडकमा विपक्षी गुथ्तै फेटा ।
लाज छेैन के भनेर गुहार्ने हो जन्तालाई
महामारीमा घरैपिच्छे लास गन्दा छटपटाई।
कुन दलले हेरेका छौ ? जनताको पीर मर्का
मध्यावधि चुनाव भए भोट माग्न गाउँ नफर्क ।
कुर्चीलाई ठुलो ठानी लडी राख नेताहरू
अब यिनलाई भोट ह्वैन बहिष्कार गरौँ बरू ।
जुन जोगीआए पनि देखिँदै छ कानै चिरेको
देखिँदैन हजुर मेरो देशले काँचुली फेरेको ।