~ शोभा पाण्डेय \ सिलवाल
जतातिर काफल पाक्यो, त्यतैतिर चरी नाचे
आजभोलि नेताहरू , धन र पदको पछि लागे ।
भतुवाले भात् चाखेझैँ , दल चाख्दै हिँडेका छन्
तिनकै पछि कार्यकर्ता ,झोले बन्दै डुलेका छन् ।
अझै बुद्धि आको छैन ,भोटको भयो दुरुपयोग
अब भने गरौँ जन्ता,आफ्नो भोटको सदुपयोग ।
सत्ता साझेदार बन्न ,आपसका कटु भुले
आजात शत्रु पनि ,यहाँ दुई शरीर एक भए ।
प्रधानमन्त्री स्थायी भए नि, मन्त्री भए अस्थायी
कहिले होला नेपालमा, सरकार बन्ने चिरस्थायी ।
संविधान दिवसलाई ,कालो दिन मनाउनेले
नाकाबन्दी गर भनी ,विदेशीलाई उक्साउनेले ।
सत्तामा बसेर नि ,के खिचडी पकाउने हो ?
तीन करोड नेपालीको, जीवनमा विष् घोल्ने भो ।
जनतालाई लकडाउन, नेता जति सर्वोच्चमा
कोरोनाले छटपटाउँदै , बिरामी छन् अस्पतालमा ।
जनताको नाम भजेर, सत्ताको खेल् खेल्छन् जहाँ
कोही छैनन् नि जनताका, पिरमर्का बुझ्ने यहाँ ।
यही पद,यही सम्पत्ति ,कति चाहिया घरीघरी
मर्दा लान्न कसैले क्यै, जप नाम हरि हरि ।