नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कार्णलीका चार संसदविरुद्ध गरेका कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको भ्याकेड मुद्दाको सुनुवाइ न्यायाधीशद्वय डा.अनन्दमोहन भट्टराइ र हरिप्रसाद फुयाँलले गर्नु हुने भएको छ ।
सार्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइन न्यायाधीशद्वय भट्टराइ र फुयालको इजलासमा हुने तोकिएको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको उक्त कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनु भएको थियो ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, र अमरबहादुर थापाले पार्टी ह्वीप विपरित काम गरेको भनि गरिएको सो कारवाही विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सो रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अधिवेश आयोजक समितिको कारवाही रोक्न अन्तरिम आदेश दिनुभएको थियो । –रासस