अष्ट्रेलियाको सिड्नीमा १४ दिने कडा लकडाउन

अष्ट्रेलियाको सिड्नीमा शनिवारदेखि १४ दिने लकडाउन सुरु भएको छ ।

विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरूले जनाएका छन् ।

कोरोना भाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरूको भनाइ छ ।

अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसै गरी न्यु साउथ वालेस ९एनएसडब्लु०मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरूमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्ग मिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिवार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ । –रासस/एएनआई


ताजा खबर