टोकियोमा कोभिड–१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताउनुभएको छ ।
महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड–१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको उहाँले बताउनुभयो ।
आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गर्नुभयो ।
उहाँले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियमहरू बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्नसक्ने विचार गर्न व्यक्त गर्नुभयो । देशभरको अवस्थाबारे उहाँले भन्नुभयो, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।”
निशिमुराले भन्नुभयो, “सरकारका प्रतिनिधिले अस्पतालको शै्ययामा निगरानी राखिनेछ र स्वास्थ्य सेवाहरूलाई थप प्रभाबकारी बनाइनेछ ।”
एनएचके वल्र्डले उहाँलाई उद्धृत गर्दै भनेको छ, “बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञहरूको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।” –रासस / एएनआई