~शोभा पाण्डेय \सिलवाल
हत्या, हिंसा, बलात्कारले देशलाई रुवाई रहेछ
हजारौँ निर्मलाहरू जिउँदै बलि चढी रहेछन् ।
अपहरण हत्या हिंसा बलात्कार कति कति
नेपाली छोरीहरू अकालमा मरे अति ।
दिनदिनै बढी रहेछ हत्या,हिंसा, बलात्कार
कति बस्ने दिदी बहिनी ? सही अत्याचार ।
अत्याचार ,कुरीतिलाई चिर्दै अघि बढ्नुपर्छ
हाम्रो हितको लागि हामी आफैँ लड्नुपर्छ ।
छाउपडी र दाइजोले धेरैको ज्यान गएको छ
सम्झँँदा मात्रै पनि आङ जिरिङ्ग भएको छ ।
बेरोजगार,अशिक्षाले जकडेको नारी जाति
दलालीले विदेश लगि बेचेका छन् बिग्री मति ।
पीडक भन्दा पीडितलाई पीडा दिने कानुन कस्तो ?
गणतान्त्रिक संविधान कोरा कागज भए जस्तो ।
बलात्कारको मुद्दामा दोषीले उन्मुक्ति नपाऊ
न्यायमूर्तिले नबिकेर नारीको अस्मिता जोगाऊन् ।
बलात्कारले मरेकाको परिवार छन् पीडामा
पीडितले न्याय पाउन अति ढिलो हुँदामा ।
आधा धर्ती ओगटेका महिलाको हकमा सरकार
कानुन कडा बनाऊ अनि कार्यान्वयन गर ।
कार्यान्वयन गर ।