१ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर कोरोना भाइरसबाट १ हजार ८ सय ३१ जना संक्रमित भएका छन् । 


५ हजार ५ सय  ३५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार २ सय ३७ जना तथा ३ हजार ६ सय ८३ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५ सय ९४ जना गरी जम्मा १ हजार ८ सय ३१ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो  । 


मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ३ सय ९१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा भक्तपुरमा ३१, ललितपुरमा ९७ र काठमाडौँमा २ सय ६३ जना रहेका छन् । 


देशभरबाट गएको २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 
देशभरि आज कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरि २६ हजार १ सय ७३ जना कोरोना सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । जसमा २३ हजार ४ सय ७१ जना होम आइसोलेसनमा र २ हजार ७ सय २ जनाले संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 


कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बत्ताउनुहुँदै प्रवक्ता डा. पौडेलले अहिले पनि ५ जनाको परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

झापा, मोरङ, सुनसरी, कास्की, काठमाडौँ उपत्यका, र चितवनमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो । 

संक्रमण गाउँ गाउँमा फैलिरहेको र जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई प्रवक्ता डा. पौडेलले आग्रह गर्नुभयो । 


ताजा खबर