प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ।
यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले आजै विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुभएको छ कति बेला समय मिलाउने भन्ने चाहिँ संसद सचिवालयको विषय हो” सचेतक भुषालले भन्नुभयो ।
उता संसद सचिवालये विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव दर्ता भएकोले कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसेर यसको समय तय गरिने जनाएको छ ।
आज विहान प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग विश्वासको मत लिने विषयमा कुराकानी गर्नुभएको थियो ।