नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।
रावलले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिनुभएको थियो । एमाले विवादका कारण रावलले गत आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिनुभएको थियो ।
रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि राजीनामा फिर्ता लिन रावललाई दबाब दिएका थिए ।