सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि लागु हुने गरी सङ्घीय संसद्को दुवै सदन अन्त्य गर्नुभएको हो ।
संसद्को चालु अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को दुवै चालु अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जानकारी गराउनु भयो ।