चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले विभिन्न योजना ल्याएको छ। एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाएर प्रति एमबी रु.१ बनाएको छ।
त्यस्तै, रु.५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सकिने भएको छ।दशैं, तिहार र छठका अवसरमा ल्याइएको पेजी अन्तर्गत रू.१ प्रति एमबी अफर २० असोजबाट लागू भएको छ।
त्यस्तै, रिचार्जमा बोनस योजना २३ असोजबाट लागू हुनेछ। यो योजना ९० दिनसम्म लागू हुने एनसेलले जनाएको छ।