नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको छ । दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।
भारतमा तीन दिनअघिमात्रै ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएका थिए ।