राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।’