नबिल बैङ्कले आइतबार काठमाडौँ र ललितपुरमा गरी विभिन्न चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाहरूको नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा लगायतका पदाधिकारीहरूले संयुक्त रुपमा काठमाडौँको जरंखु, शंखमूल र जालपा तथा ललितपुरको ठैब शाखाको उद्घाटन गर्नुभएको बैङ्कले जनाएको छ ।
चार नयाँ शाखाको सञ्चालनसँगै देशभर १४१ शाखामार्फत बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको नबिल बैङ्कले जनाएको छ ।