कम्युुनिष्ट सरकारका कमजोरीहरु : भीमप्रसाद अधिकारी – सिन्धुली

१. सारांशः 

हामीले संवैधानिक माध्यमबाट नै बहुमत प्राप्त कम्युनिष्ट सरकार पाएका छौं । वर्तमान सरकारलाई संसदको झण्डै दुुई तिहाई बहुमत प्राप्त छ । पाँच वर्षसम्मका लागि प्रतिपक्षले यो सरकारलाई हल्लाउन पनि सक्दैन । प्रतिपक्षसँग वैकल्पिक सरकार दिन सक्ने आधार छैन । सानोतिनो आन्दोलनबाट यो सरकारलाई हल्लाउन सकिँदैन । ठुलठूलो आन्दोलनको सृष्टि गर्न संभव छैन । सरकारले आफूू अनुकूूल कानून बनाएर काम गर्न सक्छ । संविधान संशोधन गरेर काम गर्न सक्छ । इतिहासकै सबभन्दा बलियो सरकार हो यो । यो सरकारलाई राजनैतिक कुु गरेर बाहेक अन्य उपायबाट विस्थापित गर्न सकिँदैन । प्रतिपक्षले दुुईचार ओटा माखा साङलाहरु उचालेर होहल्ला मच्चाएको भरमा यो सरकारलाई कुनै प्रभाव पर्दैन । सरकार अत्यन्तै संयमित, शिष्ट, अनुशासित, मर्यादित र जिम्मेवार भएर काम गरिरहेको छ । यो सरकारले शासकीय अहंकार देखाएको छैन । प्रतिपक्षलाई बाङ्गा आँखाले हेरको छैन । विगतमा हामी बारम्बार अस्थिर र अकर्मण्य सरकारको नालायकी देखेर वाक्कदिक्क भएकाले सरकारको आलोचना गरेर आत्मरतीमा रमाउने बानीबाट प्रभावित भएका छौं । यो सरकारले राम्रो काम गरे पनि राम्रो नदेख्ने, सरकारको बारेमा राम्रो कहिल्यै नलेख्ने र सरकारका कामबाट कहिल्यै सन्तुुष्ट नहुने सरकार विरोधी पत्रकारले सरकारका कामकारवाहीहरुको नकारात्मक पक्षको उजागर गर्ने गरेको पाइन्छ । पत्रकार पत्रकार नै हुनुुपर्छ । सरकार विरोधी पनि होइन र सरकार समर्थक पनि होइन । तर नेपालमा राजनैतिक पत्रकारिता बढी मौलाएको छ । गैरकम्युनिष्ट पुजीँवादी पत्रकारिता बढी फस्टाएको देखिन्छ । सरकारको विरोधमा कोही बोल्छ भनेर सरकारले निगरानी गरिरहनुु परेको छैन । प्रजातन्त्रमा बोल्न पाइन्छ । लेख्न पाइन्छ । यस पटक मैंले पनि कम्युनिष्ट सरकारका कमजोरीको बारेमा केही लेख्ने जमर्को गरेको छुु ।

२. विषय प्रवेशः

सोभियतसंघको पतनपछि विश्व कम्युनिष्ट आन्दोलनले ठुलो नोक्सान व्यहोर्नु प¥यो । सोभियत प्रभावमा स्थापित पुर्वी युरोपका कम्युनिष्ट सत्ताहरु धराशायी हुँदै गए । सशत्र युद्धको माध्यमबाट गाउँबाट सरहरतर्फ लम्किरहेको पेरुको साइनिङ पाथको नामनिसाना छैन आज । साइनिङ पाथका नेता गोञ्जालो जेलमा सडिरहेका छन् । विश्वको कुनै पनि ठाउँमा कम्युनिष्ट आन्दोलन सफल भएको छैन । विश्वमा आज चीन उत्तर कोरिया भियतनाम पेरु केही थोरै देशमा मात्रै कम्युुनिष्ट सत्ता रहेकोछ । भारत पश्चिम बङ्गालमा ज्योति वसुुको नेतृत्वमा तीन दशक कम्युनष्ट सरकार सञ्चालन भएता पनि ज्योति वसुसँगै कम्युनिष्ट सरकार पनि विदा भयो । नेपालमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको कम्युनिष्ट सरकार बने यहाँ पनि कम्युनिष्ट सरकार बन्न सक्छ भनेर जनताले पत्याए तर कम्युनिष्ट सरकार बने पनि विरोधीले टिक्न दिँदैनन् भनेर प्रचार गरियो । भारतमा मोदीवादको उदयसँगै कम्युनिष्टहरु पातलिँदै गए । आज भारतीय संसदमा कम्युनिष्टहरुको उपस्थिति नै छैन भने पनि हुन्छ । यो समय कम्युनिष्टहरुका लागि इतिहासकै सबभन्दा कठिन समय हो । तर पनि के होइन भने दुनियाँबाट साम्वादी विचारधाराको औचित्य र सान्दर्भिकता समाप्त भयो । यस्तो प्रतिकुल समयमा पनि नेपालमा कम्युुनिष्ट सरकार छ । नेपालमा मेरो जीवनमा कम्युनिष्ट सरकार हुनसक्दैन भन्नेहरु आज ज्युँदै छन् । कम्युनिष्ट सरकार बन्यो भने पनि भारतले नुन तेल बन्द गरिदिन्छ भनेर जनतामाझ भ्रम सिर्जना गर्नेहरु मरेका छैनन् । कम्युनिष्टले बूूढो भएपछि गोली ठोकेर मारिदिन्छ भन्नेहरु अचेल वृद्धभत्ता खाँदै छन् । हिजो अनेक अनेक नकारात्मक कुरा गरेर नेपालमा कम्युनिष्ट विरोधी जनमत तयार गरिएको थियो । हिजो राजा थिए र राजालाई जनताले उच्च सम्मान गर्थे । समाजको त्यो मनोविज्ञानलाई बुझेर केहीले आफुलाई राजावादी बनाए पनि भित्री रुपमा तिनीहरुको राजसंस्था प्रति आस्था थिएन र कालान्तरमा तिनले लोकतन्त्रसँग राजा साटे । लोकतन्त्रका लागि माओवादीसँग मिले । सेफ ल्याण्डिङका लागि माओवादी सबैसँग मिल्यो । विश्वमा कम्युनिष्ट मन नपराउने मुलुक अमेरीका हो । त्यहाँ राजा हुँदैन । त्यहाँ राष्ट्रपतिले एकछत्र शासन गर्छन । राजाको नाममा पनि कम्युनिष्ट विरोधी जनमत संरक्षण गर्न नसकिने भएपछि तिनले राजा खाए । राजा खाएर राजा नै हुने तिनको सपना थियो होला व्यवहारमा त्यो संभव भएन । नेपालमा अहिले कम्युनिष्ट प्रधानमन्त्री छन् । कम्युनिष्ट राष्ट्रपति छन् । देश नै कम्युनिष्टमय भएको छ । कम्युनिष्टको नाममा देशको चावी छ । केही नेपालीहरु यस्ता पनि थिए जो कम्युनिष्ट सरकार देखेर मर्न पाइयोस् भनेर बलियो कम्युनिष्ट सरकार बनोस् भन्ने कामना गर्थे । आज ती नेपाली जनताको सपना साकार भएको छ । देशलाई कम्युनिष्टहरुले बलियो स्थिर सरकार दिएका छन् । मलाई केही पनि चाहिएको छैन, कम्युनिष्ट सरकार भए पुुग्छ भनेर खुसी हुने नेपपालीहरु पनि छन् र यो शक्तिशाली कम्युनिष्ट सरकारबाट मैंले केही पाइँन भनेर रुने कम्युनिष्टहरु पनि छन् । विगतमा म स्वयम् पनि सरकारवालाबाट पीडित भएको मान्छे । कम्युनिष्ट सरकार हुुँदा मात्रै पनि मैंले राहात पाएको अनुुभूति गरेको छुु । तैपनि यो सरकारका कतिपय सीमा र कमजोरीहरु छन् ती कमजोरीहरुको मर्यादित भाषामा आलोचना गर्दा बेसै होला भन्ने मैंले बुुझेँ । राम्रो कम्युनिष्टले आलोचना सुन्छ । सरकार राम्रो हुनका लागि सरकारले पनि आलोचनाहरु धैर्यतापुर्वक सुन्नुपर्छ भन्ने मेरो विचार रहेको छ । प्रतिपक्षीबाट स्यावासी ताली र प्रसंशा पाउँला भनेर मैंले कम्युनिष्ट सरकारको आलोचना गर्ने धृष्टता गरेको होइन । वास्तवैमैं यो कम्युनिष्ट सरकारका केही कमजोरीहरु देखिएका छन् जसलाई सुधार नगरिकन कम्युनिष्टहरुको भलो हुने देखिँदैन ।

३. जनताको अभिमत जनताको सरकारः

यो क्रान्तिबाट आएको सरकार होइन । नेपालीहरुले विश्व कम्युनिष्ट आन्दोलनका संघर्षका कथाहरु पढेका छन् । रुसको बोल्सेभिक क्रान्ति । चीनको नयाँ जनवादी क्रान्ति । कोरियाको क्रान्ति । भियतनामको क्रान्ति । क्युवाको क्रान्ति । क्रान्तिबाट आएको सरकार र शान्तिपूूर्ण संवैधानिक बाटोबाट आएको सरकार फरक हुन्छ । कम्युनिष्ट विरोधीहरुले यो सरकारलाई क्रान्तिबाट आएको शक्तिशाली सरकार जस्तै कम्युनिष्ट सरकार हो भनेर तीव्र प्रचार गरेका छन् । हठात क्रान्तिबाट आएको सरकार मात्र शक्तिशाली हुन्छ । यो चीन कोरिया भियतनाम क्युवाको जस्तो कम्युनिष्ट सरकार होइन । त्यो बाटोबाट कम्युनिष्ट सरकार बनाउन सकिने अवस्था अहिले छैन । त्यो संभव नभएर नै यो बाटोबाट सीमित संसदीय घेराभित्र बसेर पनि जनतालाई न्याय दिन सकिन्छ भन्ने ठानेर कम्युनिष्टहरु सरकारमा गएका हुन् । विरोधीहरुले भने जस्तो यो सरकार क्रान्तिबाट स्थापित भएको असीमित अधिकार प्रयोग गर्नसक्ने कम्युनिष्ट सरकार होइन भनेर बुुझ्न जनतालाई बुुझाउन आवश्यक छ । विरोधहिरुले यो सरकारले केही गरेन भनेर हो हल्ला गर्न थालिसके । विरोधहिरुलाई कम्युनिष्ट सत्ता चाहिएको छ । जनताले न्याय, सुखसुविधा, शान्ति र सुशासन प्राप्त गर्न सकूून भनेर होइन । विरोध गर्नका लागि । आन्दोलन गर्नका लागि । विरोध र आन्दोलकका कार्यक्रमहरु सञ्चालन गर्न सकियो भने विकासको अभियानलाई रोक्न सकिन्छ । सरकारलाई अल्मल्याउन सकिन्छ । सरकारको लोकप्रियतालाई भ्रमित पार्न सिकन्छ । कम्युनिष्ट विरोधहिरुको चालवाजी यही हो । सरकारका राम्रा कामको लागि सरकारलाई धन्यवाद दिन र नराम्रा कामका लागि सचेत गराउन नै प्रतिपक्ष आवश्यक परेको हो । संसदीय व्यवस्थामा प्रतिपक्ष भनेको वैकलिपक सरकार हो । तर, वर्तमानमा प्रतिपक्षसँग वैकल्पिक सरकार दिन सक्ने सामथ्र्य पुुग्दैन । तसर्थ प्रतिपक्ष संवैधानिक बाटोबाट भन्दा पनि विरोध र सडक आन्दोलनबाट सरकारलाई कमजोर देखाउन सकिन्छ भनेर सोचिरहेको छ । सरकारले मुढी भएर एक दलीय कम्युनिष्ट शासन भएका देशको जस्तै शासन शैली अपनाइदिए विरोधमा बोल्न पाइन्थ्यो भन्ने इरादा प्रतिपक्षको छ । प्रतिपक्षलाई कम्युनिष्टहरु आपसमा मिल्न सक्दैनन् भन्ने झिनो आश मात्रै बाँकी छ । यो सरकारले कम्युनिष्ट सत्ता स्थापना गरिदिन्छ भनेर नसोचे हुन्छ । यो संसदीय सरकार हो । फेरि फेरि पनि जनताबाट विस्वास जितिरहन सक्यो भने बल्ल सीमित रुपमा कम्युनिष्ट सिद्धान्तलाई लागुु गर्न सकिएला । त्योभन्दा अगाडि गर्न बाँकी धेरै काम छन् । सीमित संसदीय घेराभित्र रहेर मर्यादित ढङ्गबाट सीमित सुधार तथा जनपक्षीय सीमित कामहरु गर्न मा यो सरकार कामयावी हुनसक्छ । चीन क्युवा रुस कोरिया भियतनाममा जस्तो हस्क्षेपकारी काम गर्न यो सरकारले सक्दैन । यो संसदीय सरकार हो । संसदीय घेराभन्दा बाहिर गएर यसले काम गर्न सक्दैन । यो सरकारले गरिबलाई जग्गा दिन सक्दैन । सुकुमवासीलाई घर दिन सक्दैन । सामन्त जमिनदारको सम्पत्ति सोसेर गरिब जनतालाई वितरण गर्न सक्दैन ।

४. के के गर्न सक्छ त यो सरकारले ?

अहिलेको सर्वाधिक महत्वको प्रश्न नै यही हो । हामीले गर्न सक्ने काम यो यो हो भनेर भन्न नसक्नुु नै यो सरकारको मुख्य कमजोरी हो । यहाँनेर सरकार चुकेको छ । यो सरकारले जनताको पिरमार्कालाई कम गर्न सक्छ । अत्याचार हुन दिँदैन । ज्यादती हुन दिँदैन । भोकै मर्न दिँदैन । काम गरेर पालिन सक्ने अवसर उपलब्ध गराइदिन्छ । गरिब शोषित पीडित भोका नाङ्गा जनताको सरकारकार हो यो । यसले जनतालाई भरसक न्याय दिन्छ । जनताको हक अधिकारको संरक्षण गरिदिन्छ । झुठा मुद्धा खेप्नुु पर्दैन । अनाहकमा जेलमा थुनिनु पर्दैन । गल्ती गरे कोही पनि उम्किन सक्दैन । कानुन र व्यवस्था वाहाल गर्छ । देशको इज्जत र अस्मिताको ख्याल गर्छ । राष्ट्रहित वीपरित काम गर्दैन । देश र जनताको पक्षमा बलियो अडान लिन्छ । सत्ताका लागि जनतामाथि भर पर्छ । विदेशीको चाकरी गर्दैन । गर्न सक्ने कुरा हेर्दा सामान्य मात्रै भए पनि यी सरकारकारले गर्न पनि सक्ने र गर्नै पर्ने आम सार्वजनिक महत्वका विषय हुन् । के सरकारवालाहरुले यी कुराको हेक्का राखेका छन् ?

५. कम्युनिष्ट सरकारका कमजोरीहरुः

कम्युनिष्ट आन्दोलनका लागि उर्वर समय होइन यो । विश्व कम्युनिष्ट आन्दोनले ठूूलो धक्का खाएको छ । कम्युनिष्ट आन्दोलनहरु असफल भएका छन् । यो संसारभरिमा यी विविध प्रतिकुलताहरुलाई सामना गरेर आफ्नो देशको विशिष्टपरिवेशमा कम्युनिष्ट आन्दोलन नेपपालमा सफल भएको छ । यो सफलता पनि परीक्षणबाट प्रमाणित भइ सकेको छैन । मदन भण्डारीको जनतनाको बहुदलीय जनवादको सैद्धान्तिक बलमा यो सफलता प्राप्त हुन सकेको हो । कम्युनिष्ट जनमत तयार गर्न माओवादी जनयुद्धको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको छ । अलग अलग धारका यी कम्युनिष्ट घटकहरु एक भएर आज सरकार निमार्ण गर्न सफल भएका छन् । पूर्व माओवादीहरु जनताको बहुदलीय जनवादलाई स्वीकार गर्न हिचकिचाइरहेका छन् । जनयुद्धको विरोधमा उभिएको पूूर्व एमाले आत्मै देखि जनयुद्धलाई सम्मान गर्न चाहँदैन । पार्टी एकता पूरा भएको छैन । सैद्धान्तिक, वैचारिक तथा व्यवहारिक रुपमा दुवै कम्युनिष्टहरु एक भइसकेका छैनन् । पार्टीको सरकार भएकाले पार्टी बालुवाटारभित्र अलमलिएको छ । पूर्व एमाले र पूूर्व माओवादीका आ–आफ्नै गुटउपगुटहरु सक्रिए छन् । पार्टी कमजोर छैन भन्नुु सत्य र यथार्थ होइन । पार्टीले सरकारलाई निर्देशन दिन सकेको छैन । शासक योग्य भए मात्र जनताले सुख शान्ति र न्याय पाउँन सक्छन् । शासकहरु स्वयम् नै अयोग्य अनैतिक अमयार्दित भ्रष्ट शोखिन अनुशासनहीन भइदिए भने जनताले शासकबाट के अपेक्षा गर्ने ? एउटा प्रधानमन्त्री मात्र योग्य र इमानदार भएर पुुग्दैन । प्रधानमन्त्रीको टिम योग्य र इमानदार हुनुपर्छ । टिम बलियो हुनुपर्छ । सरकारलाई जनतासँग र जनतालाई सरकारसँग जोड्ने पार्टीले हो । पार्टीको सरकार बनेपछि पार्टी नै हराएको छ । एकातिर कैएन उल्झन र बल्झनलाई पन्छाएर अघि बढ्नुछ भने अर्कोतिर वषौंदेखीका विकृति र विसंगतिहरुको पहाड खडा भएको छ । कम्युनिष्ट सरकारका विरोधमा अनर्गल प्रचार र कुप्रचारहरुको बाढी आइरहेको छ । कम्युनिष्ट कार्यकर्ताहरु पनि पार्टीले सही मार्गदर्शन प्रदान गर्न नसक्दा अलमलिएका छन् । गलत प्रचारको प्रतिवाद नगरी चुपचाप बसिरहेका छन् । विकृतिहरुलाई पन्छाउनुु । वेथितिहरुको अन्त्य गर्नु । सुशासन प्रदान गर्नुु । जनतालाई न्यायको अनुुभूति गराउनुु । यी कामहरु गर्न सरकारलाई सजिलो छैन । सरकारका मन्त्री । संसदका सभामुख जस्ता प्रतिष्ठित व्यत्तिहरुलाई कुनै आरोप लाग्नुहुन्न । नेताहरुको चरित्र, आचरण र अनुशासनमा कमजोरी देखिनुहुन्न । जो पनि नेता । जस्तो मानिस पनि नेता । कम्युनिष्ट पार्टीमा त्यस्तो हुनुहुन्न । सरकारका मान्छेलाई बात लाग्नुु हुँदैन । मैंले यस लेखमा सरकारले ध्यान नदिएका केही विषयहरुलाई बुुँदागत रुपमा प्रस्तुुत गरेको छुु जुन वर्तमान कम्युनिष्ट सरकारका कमजोरीहरु हुन् ।

– विरामी प्रधानमन्त्री र लोभी मन्त्री ।
– राजनैतिक अभियानबाट विश्राम शोख र आरामको जीवन ।
– कम्युनिष्ट कार्यकर्ताहरुका असीमित आकांक्षा ।
– असरल्ल सपनाहरु र असम्भव मागहरु ।
– योग्य र विज्ञको पहिचान गर्न नसक्नु ।
– युवा परिचालन गर्न नसक्नुु ।
– धेरै नेता धेरै कुरा कामभन्दा कुरा ठूला ।
– गलत बुझाइ गलत अभिव्यक्ति ।
– भ्रष्ट कर्मचारी प्रशासन र सुुन्य सुशासन ।
– करछली गर्ने व्यापारी र तस्करी कार्यकर्ता ।
– कर्मचारी प्रशानलाई ठीक ढङ्गबाट परिचालन गर्न नसक्नुु ।
– राष्ट्रनिमार्णका लागि जुुटौं भनेर जनतालाई आह्वान गर्न नसक्नुु ।
– शिक्षा स्वास्थ्य यातायात जस्ता संवेदनशील र जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने काममा कम ध्यान दिनुु ।
– सार्वजनिक महत्वका सवालमा सरोकारवालाहरुको अभिमत लिन नखोज्नुु ।
– ठुलठूला आयोजना परियोजनाको बारेमा तथ्य बुुझ्दै नबुुझी मनोगत धारणा व्ष्क्त गर्नुु ।
– देशको नवनिमार्ण गर्नका लागि योग्य प्रशासकको अनिवार्य आवश्यकता पर्दछ । सुविधाभोगी जमातलाई सरकारले     केही गर्न नसक्नु ।
– सेना सशस्त्र जनपद सबैबाट सरकारले यथोचित सहयोग लिन सक्नुपर्छ तर सकेको छैन ।
– कर्मचारीबाट सरकारले पर्याप्त काम लिन सक्नुपर्छ तर सकेको छैन ।
– खै पार्टीको स्कुलिङ खै रुलिङ ।
– देश निमार्ण भाषणबाट हुँदैन । काम गर्न सक्नुपर्छ काम गर्छौं भन्नेलाई सरकारले काम दिन सकेको छैन ।
   विकासको जग खडा गर्न सकेको छैन ।
– प्रतिपक्षसँग मिलेर उनीहश्रलार्य पनि मनाएर काम गर्नुुपर्नेमा सरकारका मन्त्रीहरु आफूखुसी काम गर्छन् ।
– यो सरकारका मन्त्रीहरु विगतको सरकारभन्दा भिन्न र फरक शैलीबाट काम गरुन भन्ने धेरैको अपेक्षा रहेको छ तर       मन्त्री भएर मख्ख परेका छन् मन्त्रीहरु ।
– कम्युुनिष्टहरुले व्यक्तिगत सम्पत्तिको लालचा गर्दैन भन्ने देखाउन सकेको छैन ।
– कम्युनिष्ट सरकारका कर्मचारी जनताका सेवक हुन् र तिनले अनियमित गर्दैनन् भन्ने देखाउन सकेको छैन ।
– कम्युनिष्ट सरकार घुस र कमिसनमा विस्वास गर्दैन जनताको सम्बन्धमा विस्वास गर्छ भनेर प्रमाणित गर्न सकेको  छैन ।
– अरु सरकारभन्दा यो सरकार नामेंले भिन्न छ कामेंले भिन्न छ भन्ने देखाउन सकेको छैन ।
– कम्युनिष्ट सरकारका सेना सशस्त्र जनपद प्रहरी निजामती संघसंस्थाका कर्मचारी शिक्षक प्रशासक न्यायाधीष विज्ञ योजनाकार पत्रकार व्यापारी प्राध्यापक जनताका मित्र           हुन्छन् भनेर सिद्ध गर्न सकेको छैन् ।
– स्वयम् कम्युनिष्ट नेता कार्याकर्ता समर्थक सुुभेच्छुक वुद्धिजीवी जनताका मित्र हुन्छन् भनेर देखाउन सककेको छैन ।
– कम्युनिष्ट नेताहरुलाई अरुभन्दा फरक मान्छे हुन् , समाजका योग्य इमानदार असल अनुशासित मान्छे हुन भनेर  चिन्न पाइएको छैन ।
– सरकारको पहुुँच र प्रभाव जनता जनतासँग पुुग्न सकेको छौन ।
– सरकार सिंहदरबारमा मात्रै सीमित हुने होइन, सरकार जनतासँग आउनुुपर्छ । सरकार जनतासँग किन आउँन  सकेन ?
– सरकारले मन्त्री कर्मचारी शिक्षक प्रशासक सबैको न्युनतम आचरण के हुनसक्छ भनेर सोचेन । यथास्थितिमा छोडिदियो ।
– हिजोको सरकार र यो सरकारको शैलीमा काफी मात्रामा भिन्नता देखिन सक्नुपर्छ तर सरकारले देखाउन सकेन ।

६. निष्कर्षः

वास्तवमा यो सरकार कम्युनिष्ट सरकार नै होइन ,लोकतान्त्रिक सरकार हो । चुनावबाट आएको सरकार हो । चुनावमा बहुमत पाएर निश्चित समयसम्मका लागि काम गर्ने अख्तियार पाएको सरकार हो । मानिसहरुले भनेजस्तो सरकार होइन यो । सरकारको विरोध कसरी गर्ने भनेर प्रतिपक्ष हरहमेसा त्यही एउटा एजेण्डा लिएर बसेको छ । तर सरकार आलोचनाहरुबाट कसरी बच्ने भनेर सोचिरहेको पनि छैन । सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ । प्रतिपक्षलाई सम्झाउन सक्नुपर्छ । असजिलो र अमिल्दो प्रतिपक्ष छैन । सरकारले चाह्यो भने प्रतिपक्षको सहयोग पाउँन सक्छ । लामो प्रजातान्त्रिक इतिहास भएको र सत्ता सञ्चालनको राम्रो अभ्यास भएको प्रतिपक्ष हुनु कम्युनिष्ट सरकारका लागि धेरै सजिलो भएको छ । प्रतिपक्षका कुरा कम्युनिष्ट सरकारले त झन बढी सुन्नुपर्छ । सरकारले सबैको कुरा सुन्नुपर्छ । देश विकासको अभिभारा कुशलतापुर्वक वहन गरी योग्यतम सरकार दिएर कम्युनिष्ट सरकारले जनताका सपनाहरु साकार पारिदिनु पर्छ । सरकारलाई सफलताको हार्दिक सुुभकामना पनि ।

सफल नेपाल साप्ताहिकबाट 


ताजा खबर